१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँः सुनिता डंगोल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

शनिवारबाट शुरु शुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताउनु भयो । उहाँले इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताउनु भयो । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ हामीले जिम्मेवारवोध गर्ने दिनका रुपमा पनि लिनुपर्छ । इतिहास भनेको पढ्नका लागि मात्रै होइन, पाठ्यक्रममा राख्नका लागि मात्रै होइन । त्यसलाई मनन गर्नका लागि र इतिहासबाट धेरै कुराहरु सिक्नुपर्ने हुन्छ । इतिहास केबल कितावका पानामा मात्र राख्नका लागि होइन, स्मरण गर्न र जीवनमा उपयोग गरी सही बाटोमा अघि बढ्नका लागि हो । इतिहाससँगै जनताका लागि काम गर्नुपर्छ भन्ने दिनका रुपमा लिनुपर्छ । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा स्मरण गराउँछ ।’

उपप्रमुख डंगोलले शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गर्नुभएको बताउनु भयो । प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको बताउनु भयो ।