१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानोथिमिस्थित बाल सुधारगृहमा बाक्लो संख्यामा प्रहरी परिचालन, अवस्था सामान्य बन्दै



अ+ अ-

काठमाडौँ । सानोथिमि स्थित बाल सुधारगृहमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीबार राति बाल सुधारगृहमा दुई समूह बिच झडप हुँदा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । झडपपछि उनीहरुले आगजनी र तोडफोड गरेका थिए । आगो नियन्त्रण गर्न भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो ।

दुई समूह बिच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचालन गरिएको थियो । पछि प्रहरी टोलीमाथि नै ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।

अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।

सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।