१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिकामा हेरफेर

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिकामा हेरफेर
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय महाधिवेशन पुरानै मितिमा सम्पन्न गर्ने गरी सोमबारको केन्द्रीय कार्यसमिति बैठकले यसअघि पारित कार्यतालिका परिमार्जन गरेको हो। पुस ११ गते केन्द्रीय समिति बैठकले अर्को वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो।

वडा: कात्तिक १६
गाउँ/नगर: कात्तिक १८
प्रदेशसभा क्षेत्रीय: कात्तिक २१
प्रतिनिधिसभा क्षेत्रीय/जिल्ला: कात्तिक २३ र २५
प्रदेश: मंसिर २९
महाधिवेशन: फागुन ७, ८, ९ र १०

बैठकले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनपछि क्रियाशील सदस्यता वितरण/नवीकरण गरी पार्टी विधान र नियमावलीअनुसारका आवश्यक प्रक्रिया पुर्याई परिमार्जित कार्यतालिका सर्वसम्मत पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नयाँ कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन अर्को वर्ष कात्तिक १६ गते, गाउँ/नगर अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते हुनेछ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते सम्पन्न गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको प्रवक्ता शर्माले जानकारी दिए।केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते काठमाडौंमा हुनेछ। यसअघि गाउँ/नगर वडा अधिवेशन मंसिरमा गर्ने गरी कार्यतालिका बहुमतबाट पारित गरिएको थियो।

महाधिवेशन कार्यतालिकालाई लिएर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको संस्थापनइतर समूहसमेत सहभागी केन्द्रीय समिति बैठकले पार्टीको अन्तरिम संरचना समायोजन माघ मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। यसअघि पुस मसान्तभित्र समायोजन सम्पन्न गर्ने भनिए पनि धेरै जिल्लाको विवादका कारण लम्बिएको छ। त्यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण फागुनदेखि चैत मसान्तसम्म गर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची अर्को वर्ष वैशाख मसान्तभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ। नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि जेठ १५ गतेसम्मका लागि तोकिएको छ। यस्तै क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले साउन १५ गतेभित्र निर्णय गरिसक्नुपर्नेछ।

नयाँ क्रियाशील सदस्यता र नवीकरणको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई साउन २५ गतेभित्र बुझाइसक्नुपर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ। यस्तै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई साउन मसान्तभित्र बुझाइसक्नुपर्नेछ। कांग्रेसले पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ ले गर्ने कार्य सम्पादन गर्न विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिएबमोजिमको अवधिभित्र सम्पन्न गर्ने प्रवक्ता शर्माले बताए। ‘सभापतिले समितिका संयोजक र सदस्यहरूको मनोनयन आवश्यक परामर्श गरी गर्नुहुनेछ,’ उनले भने। प्रवक्ता शर्माका अनुसार पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जनसहित पारित गरिएको कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा निर्णय हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक माघ २३ गतेका लागि बोलाइएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट