३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

आमाहरुको निर्वाचन प्रहरी बन्ने रहर

आमाहरुको निर्वाचन प्रहरी बन्ने रहर
अ+ अ-

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहनुभएको छ । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहनुभएकी उहाँ रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउनुहुन्छ ।‘‘यो उमेरमा रहरले त के हुन्थ्यो र! परिवारको बिहान–साँझको गर्जो टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएकी हुँ,’’ उहाँले भन्नुभयो,‘‘यसअघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभ भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।’’

तीन सन्तानमध्ये एक छोरा नौ कक्षा र अर्को छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । अर्का छोरा भने सवारीदुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन् । उहाँको पति भने खेती किसानी गर्दै आइरहुनभएको छ । घाइते छोराको उपचारार्थ केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको उहाँ बताउनुहुन्छ । ‘‘अघिल्ला दुई निर्वाचनमा त छनोट भएकी थिएँ । यसपालि के हुने हो हेरँौ’’ उहाँले भन्नुभयो,‘‘आफू निर्वाचन प्रहरीमा छनोट भएको खण्डमा निर्वाचनलाई राम्रोसँग अघि बढाउने रहर छ ।’’ अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्रै नभएर ३२ वर्षे दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत गरिरहनुभएको छ । स्थायी घर पर्साको पोखरिया नगरपालिका घर भएकी उहाँको जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताउनुभयो । ‘‘निर्वाचन प्रहरी भएर खटिँदा देशको सेवा पनि हुने केही रकम आम्दानी पनि हुने देखेर आएकी हुँ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइखर्च जुटाउन केही सहज होला कि भनेर आएकी हुँ ।’’

वीरगञ्जको नारायणी रङ्शालाको मैदानमा विनिन र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा उत्रिनुभएको छ । ‘‘आर्थिक अवस्था कमजोर भएकाले नै नर्सरीमा पढ्ने छोरालाई छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेकी छु,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचन प्रहरी भएर देशको सेवाको साथसाथै केही अर्थोपार्जन पनि हुने भएकाले आएकी हुँ ।’’ उहाँले आफ्नो एउटा छोरो कक्षा आठ र अर्को छोरो नर्सरीमा अध्ययनरत रहेको बताउनुभयो । उहाँको पति भने फोहरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आउनु भएको छ । अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिला निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्शालामा शारीरिक अभ्यासमा सहभागी भएका छन् । तिनैमध्ये १९ वर्षे युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिहनुभएको छ । ‘‘फागुन २१ गतेदेखि हुने चुनावलाई सफल गराउन र केही रकम भए पनि कमाउनको लागि निर्वाचन प्रहरी बन्न आएकी हुँ,’’ उहाँले भन्नुभयो, ‘‘हामी जस्तै जेनजी उमेर समूहका साथीहरुले आन्दोलन शहादत प्राप्त गर्नुभयो, हामी भने निर्वाचन सफल गराउन र तिनै सहिदहरुको चाहना पूरा गराउन सहभागी भएका हौँ ।’’ पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षे युवा अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने अभिलासा बोकेर शारीरिक छनोटमा जुट्नुभएको छ ।

‘‘म यसअघि वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवान बन्नका लागि दुई–तीन पटक प्रतिस्पर्धा गरिसकेँ तर अहिलेसम्म सफलता हात पार्न सकेको छैन,’’ उहाँले भन्नुभयो । “एकपटक निर्वाचन प्रहरी बनेर देशको सेवा पनि गरौँ भन्ने चाहनाले आएको महतोले बताउनुभयो । निर्वाचन प्रहरीको अनुभवले प्रहरी जवान बन्नका लागि पनि केही सहयोग होला कि भन्ने उहाँको बुझाइ रहेको छ । निर्वाचन प्रहरी बन्ने रहर बोकेका महतोले आफू निर्वाचन प्रहरी बनेर स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रयत्न गर्ने बताउनुभयो । ‘‘अहिले जेनजीको सरकार रहेको छ । पक्कै पनि भयरहित र शान्तिपूर्ण निर्वाचन गराओस् भनेर नै यसमा सहभागी बनेको हुँ’’, उहाँले भननुभयो । पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका राजपुरका १८ वर्षे विदेशप्रसाद यादव पनि केही काम नभएको बेला समयको सदुपयोग गर्न भन्दै निर्वाचन प्रहरी बन्न लागेको बताउनुहुन्छ । ‘‘त्यसै घरमा बस्नुभन्दा केही अनुभव पनि हासिल गर्न पाइन्छ कि भनेर निर्वाचन प्रहरीमा सहभागी भएको हुँ,’’ उहाँले भन्नुभयो, ‘‘देशको सेवा पनि हुने र पैसा पनि कमाइने भएकाले पनि यसमा लागेको हुँ ।’’

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा प्रबन्धको लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरुको घुइँचो लागेको हो । पर्सामा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतर्फ गरेर दुई हजार आठ सय ५२ जना आवेदन माग गरेको थियो । नेपाल प्रहरीतर्फ भने पाँच हजार तीन सय ९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ तीन सय ८५ जनाको आवेदन माग भएकोमा पाँच सय ७१ जनाको आवेदन परेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति उपसमिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषमा उत्साहजनक सहभागिता देखिएको बताउनुभयो । ‘‘सबै उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्नको लागि उपस्थित हुनुहुन्छ । कतिपय सन्तान जन्माइसकेका महिलाहरु पनि सरिक हुनुभएको छ । यसले छोटो अवधिको लागि भए पनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले पनि सहभागिता जनाएका हुनसक्छ ।’’ संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिला पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न सकेको बताउनुभयो । ‘‘यसले यहाँका महिला अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने देखाएको छ,’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचन प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनको लागिपरिरहेका छौंँ ।’’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका चारवटै सुरक्षा निकायका प्रमुखहरुले पनि निर्वाचन प्रहरीलाई पारदर्शी बनाउनको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहनुभएको छ । पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । ‘‘यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेको सङ्ख्या दोब्बरभन्दा धेरै छ,’’ उहाँले भन्नुभयो,‘‘एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवा पुस्ताको आकर्षण बढिरहेको छ । अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होला जस्तो लाग्छ ।’’ पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलोपटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार एक सय ४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने छ सय तीन जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रुपमा खटिएका छ सय ८७ जना पुरुष र विगतको म्यादी प्रहरीको रुपमा खटिएका एक सय ५३ जना महिलाको आवेदन परेको छ । त्यस्तैगरी पूर्व सुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताउनुभयो । रासस