२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

यसअघि चैतको पहिलो साता सञ्चालन हुँदै आएको एसईई परीक्षा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण केही दिनपछि सारिएको हो।

बोर्डका अनुसार यस पटक एसईई परीक्षाका लागि कुल ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन्।

निर्वाचनका लागि आवश्यक मतपत्र र एसईई परीक्षाका प्रश्नपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ हुने भएकाले तालिकामा परिमार्जन गर्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ।