२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न



अ+ अ-

ललितपुर । पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धार कार्य हालै सम्पन्न भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा आज नेपालका लागि अमेरिकी राजदूत र्यार्न्डी डब्लु. बेरी, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहभागी हुनुभयो । सोह्रौँ शताब्दीमा निर्मित नेवारी वास्तुकलाको अति कुशल अभिव्यक्तिहरूमध्येको एक उक्त मन्दिर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि त्यसलाई पूर्ण रूपमा जीर्णोद्धार गर्न आवश्यक थियो । परियोजनाले उद्धार गरिएका पुराना सामग्रीको सदुपयोग गर्दै भूकम्प प्रतिरोधी संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरूलाई अपनाएको हुनाले सो परियोजना भविष्यका जीर्णोद्धार परियोजनाका लागि समेत नमूना बनेको छ ।

अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष ९एएफसीपी० कार्यक्रमअन्तर्गत पाटन दरबार क्षेत्रस्थित मल्लकालीन चार नारायण मन्दिरलाई भूकम्पका दृष्टिले बलियो बनाउन र बृहत् रूपमा जीर्णोद्धार गर्नका लागि १ लाख अमेरिकी डलर उपलब्ध गराएको थियो । काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) द्वारा कार्यान्वयन गरिएको उक्त परियोजनामा वर्ल्ड मोनुमेन्ट फन्ड (डब्लुएमएफ), जापानी दूतावास, जर्मन दूतावास र साउथ एसिया इन्स्टिच्युट हाइडलबर्गबाट पनि सहयोग प्राप्‍त भएको थियो ।

“एएफसीपी मार्फत गरिने हाम्रो काम हाम्रा राष्ट्रहरूबिचको बलियो र सक्रिय साझेदारीको प्रतीक हो,” राजदूत बेरीले भन्नुभयो । “हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउँदै गर्दा मलाई आज के आशा लागेको छ भने पूर्ण रूपमा जीर्णोद्धार कार्य सम्पन्न भएको यस चार नारायण मन्दिरलाई समृद्ध नेपालप्रतिको हाम्रो प्रतिबद्धताको एक अर्को प्रमाणका रूपमा हेरिनेछ ।”

सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष विकासोन्मुख देशहरूलाई सांस्कृतिक सम्पदा संरक्षणका लागि प्रत्यक्ष सहयोग प्रदान गर्ने अमेरिकी सरकारको एक मात्र कार्यक्रम हो । सन् २००३ यता एएफसीपीले नेपालमा २४ वटा परियोजनालाई सहयोग गरेको छ र ३५ लाख २० हजार अमेरिकी डलर योगदान गरिसकेको छ । एएफसीपीले पाटनमा दरबार, मूलचोक, सुन्दरीचोक र १७औँ शताब्दीका धारापानी संरचनाको जीर्णोद्धार लगायत अन्य परियोजनाहरूलाई सहयोग गरिसकेको छ ।