२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगंजका अग्रज पत्रकार चाचाजीकाे निधन



अ+ अ-

नेपालगंजः बाँकेकाे नेपालगंजलाइ केन्द्र बनाएर पत्रकारिता गर्ने अग्रज पत्रकार पन्‍नालाल गुप्ताको निधन ९२ वर्षकाे उमेरमा बुधबार निधन भएको छ । बुधबार दिउँसोतिर बान्ता भएपछि उपचारका लागि भेरी प्रादेशिक अस्पताल भर्ना गरिएकाे थियाे ।

उनको उपचारकै क्रममा साँझ ८ बजेतिर निधन भएको नेपाल पत्रकार महासंघका पूर्व सभापति निरज गाैतमले बताए । नेपालगंज क्षेत्रमा पत्रकार गुप्ता चाचाजी नामले सुपरिचित छन् ।
चाचाजी पत्रकार महासंघ बाँकेका पूर्वसभापति समेत हुन् ।

चाचाजीले प्रकाशन तथा सम्पादन गर्ने किरण साप्ताहिक पश्चिम नेपालकै पुरानो र चर्चित पत्रिका हो । वृद्ध उमेरमा पनि साइकल चढेर हिँड्न रूचाउने चाचाजी बाँकेका पत्रकारहरूका अभिभावक रहेका थिए । उनी नेपाल पत्रकार महासंघबाट सेनानी सम्मानबाट पनि सम्मानित थिए । राजनीति र समाजसेवामा समेत गहिराे अभिरूचि राख्ने चाचाजीकाे निधनले निकै दुःख लागेकाे पत्रकार गाैतमले बताए ।