२० श्रावण २०८३, बुधबार
,
Latest
नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने ‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै सिमितः श्रममन्त्री यादव राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि काँग्रेसले उठायो प्रश्न सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’ काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र… कानून निर्माण संसदको अविच्छिन्न अधिकार, वाह्य हस्तक्षेप स्वीकार्य छैनः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीद्वारा झापा क्षेत्र नं. ५ मा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गर्नुभएको छ ।

जेन–जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गर्नुभएको हो ।

निरीक्षणका क्रममा उहाँले क्षति भएको सम्पतीको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताउनुभएको छ । गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो । सो घटनापछि ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्ध लगाइएको थियो । जुन हालै मात्र हटाइएको छ । प्रतिवन्ध फुकुवापछि झापा आएका ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थाल्नुभएको छ । झापा–५ बाट नै उम्मेदवारी दिने तयारीमा रहेका ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको सङ्केतका रूपमा हेरिएको छ ।

निरीक्षणपछि अध्यक्ष ओलीले शान्ति र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले हिंसात्मक घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।