२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सिजन प्लान्ट बनाउन कामपाको तीन करोड सहयोग



अ+ अ-

काठमाडौं महानगरपालिकाले मध्यपुरथिमि नगरपालिका–४ मा शंखधर पार्क निर्माण गर्न एक करोड र गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट जडानका लागि तीन करोड रुपैयाँ दिने भएको छ । महानगरपालिकारका मेयर विद्यासुन्दर शाक्यले पार्कको बुधबार नै शिलान्यास गर्दै सो निर्णय गरेका हुन् । उनले पार्क निर्माणका लागि मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई एक करोडको चेक हस्तान्तरण पनि गरिसकेका छन् ।

सहिद सप्ताहअन्तर्गत सहिद गंगालाल श्रेष्ठका नामबाट सञ्चालित केन्द्रसँग उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहवरमा मेयर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हृदयरोग केन्द्रले अक्सिजन प्लान्ट र यससम्बन्धी उपकरण खुला प्रतिस्पर्धाबाट खरिद गर्नेछ । प्रस्तावकले कबोल गरेको रकम महानगरले बैंकमार्फत भुक्तानी गर्ने सहमतिमा उल्लेख छ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् उपकरण जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।