२० श्रावण २०८३, बुधबार
,
Latest
नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने ‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै सिमितः श्रममन्त्री यादव राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि काँग्रेसले उठायो प्रश्न सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’ काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र… कानून निर्माण संसदको अविच्छिन्न अधिकार, वाह्य हस्तक्षेप स्वीकार्य छैनः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनय दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उहाँले जानकारी दिनुभयो । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुनेछ ।

हालसम्म प्राप्त जानकारीअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार क्षेत्र नं १ मा एक स्वतन्त्र र राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन क्षेत्र नं ६ मा ६ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । काठमाडौँ क्षेत्र नं १ मा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ मा कागेश्वरी मनोहरा नगरपालिका भवन, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा मनोनय दर्ता भइरहेको छ ।

काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थली, काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस केन्द्र जुडोहल खुसिबु बालाजु, क्षेत्र नं ८ को नार्गाजुन नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवन र क्षेत्र नं १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।

मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता चलिरहेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्भने मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ निर्धारण गरिएको छ ।