२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदको सम्झनामा ‘शहीद दिवस’



अ+ अ-

काठमाडौं। देश–जनताका निम्ति आहुति दिने ज्ञातअज्ञात शहीदको सम्झना गर्दै आज बिहीबार ‘शहीद दिवस’ मनाइँदै छ । यही अवसरमा काठमाडौं लैनचौरस्थित शहीद स्मारक र सुनधारास्थित शहीद गेटमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरिँदै छ । हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभा आयोजना गर्दै छ । हरेक वर्ष १६ माघमा ‘शहीद दिवस’ मनाइँदै आएको छ । २०१२ सालदेखि यो दिवस मनाउन थालिएको हो । गत १० माघबाट सुरु ‘शहीद सप्ताह’ आज बिहीबारबाटै सकिँदै छ ।

श्रद्धाञ्जली कार्यक्रमअघि रत्नपार्कबाट प्रभातफेरी निकालिँदै छ । विशेषगरी, राणा शासन अन्त्य गराउन ज्यानको आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको यस दिन स्मरण गरिन्छ । १० माघ १९९७ मा शुक्रराज शास्त्रीलाई काठमाडौं टेकु खरिबोट रूखमा झुन्ड्यार मारिएको थियो । यसैगरी, धर्मभक्त माथेमालाई १३ माघमा सिफलमा झुन्ड्याइएको थियो ।

त्यस्तै, शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको १५ माघमा राणा शासकले शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । यसैगरी, २०४६ र २०६२/०६३ को जनआन्दोलनअघि, राणा शासन हटाउन प्रमुख भूमिका खेल्ने शहीदलाई सप्ताहमा सम्झना गरिए पनि अहिले पहिलो र दोस्रो जनआन्दोलनका शहीदको पनि स्मरण गरि“दै आएको छ ।

सप्ताह अवसर पारी काठमाडौं महानगरपालिकाले करिब ३० लाखको लागतमा तीन शहीदको पूर्णकदको शालिक निर्माण गरेको छ । यसैबीच, राणा शासनविरोधी अभियानमा प्राण आहुती दिने मुख्य चार शहीदमध्येका धर्मभक्त, दशरथ र गंगालालको पूर्ण कदको शालिक अनावरण गरिएको छ । करीब १० लाखमै निर्माण भएको शुक्रराजको शालिक भने अघिल्लो वर्ष नै अनावरण गरिएको थियो ।