३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील
अ+ अ-

बाजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

यहाँका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेको बताउनुभएको छ ।

अति संवेदनशील मतदान स्थल कूल मतदान स्थलको ८० दशमलव ५१ प्रतिशत रहेको प्रजिअ निरौलाले बताउनुभयो । अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने जिला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचन समयावधीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन जिल्लास्थित राजनीतिक दल र दलका उम्मेदवार तथा सर्वसाधारणलाई सुरक्षा समितिले आग्रह गरेको छ । जिल्लामा हाल ८७ हजार ८६१ मतदाता छन् ।

बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका ३३ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । जिल्लामा जम्मा १२९ मतदानस्थल छन् ।

विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशिलता तय गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।