६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाबाट काठमाडौं–४ मा पुकार बमलाई टिकट, काठमाडौंका सबै क्षेत्रमा उम्मेदवार टुंगियो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ। यससँगै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले उम्मेदवार टुंग्याएको छ।

पुकार बम यसअघि भएको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए। उक्त निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंह पहिलो र रवीन्द्र मिश्र दोस्रो हुँदा बम तेस्रो स्थानमा सीमित भएका थिए।

यसपटक पनि बमको आकांक्षा काठमाडौं–१ मै रहे पनि पार्टीले त्यहाँ रञ्जु दर्शनालाई उम्मेदवार बनाएपछि उनलाई काठमाडौं–४ बाट उम्मेदवार बनाइएको हो।

काठमाडौं–४ नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको छ। तर यसपटक थापा काठमाडौं–४ छाडेर सर्लाही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा रहेका छन्।