१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: १ सय ७० जनाको मृत्यु, विश्वभर सतर्कता अपनाउन डब्लुएचओको आह्वान



अ+ अ-

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई सावधानी अपनाउन आग्रह गरेको छ । घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय रहेको र त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले औंलाएका छन ।

कोरोना भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको बारेमा छलफल गर्न डब्लुएचओद्वारा बिहिबार बैठक रहने भएको छ । त्यसैगरी स्विट्जरल्याण्डको जेनेभामा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले चीनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जानु भयावह अवस्थाको संकेत रहेको पनि बताए ।

उनले अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि संक्रमितको संख्या खासै धेरै नरहेको, तर अवस्था भने चिन्ताजनक नै रहेको पनि बताए । डब्लुएचओले जनाए अनुसार कोरोनाका कारण सङ्क्रमितहरूको सङ्ख्या ७ हजार भन्दा बढी छ भने मृत्यु हुनेको संख्या १७० पुगिसकेको छ ।