१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने



अ+ अ-

लमजुङ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष  पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने हुनुभएको छ ।

यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बन्नुभएको थियो । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी हुनुभएको थियो । यहाँ चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् ।

नेकपाका तर्फबाट तामाङ उम्मेदवार 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट ३६ वर्षीय हरिजङ्ग तामाङ उम्मेदवार बन्न लाग्नुभएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले उहाँलाई उम्मेदवारको टिकट प्रदान गरेसँगै आगामी फागुन हुने निर्वाचनमा उम्मेदवार बन्न लाग्नुभएको हो । रासस