१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

इरानका प्रहरी प्रमुखद्वारा ‘दङ्गा’ मा सहभागी इरानीलाई आत्मसमर्पण गर्न आग्रह

इरानका प्रहरी प्रमुखद्वारा ‘दङ्गा’ मा सहभागी इरानीलाई आत्मसमर्पण गर्न आग्रह
सन्दर्भ तस्बिर
अ अ+ अ-

फ्रान्स। इरानी सुरक्षा अधिकारीहरूले ‘दङ्गा’ को रूपमा सोचेका प्रदर्शनहरूमा भाग लिन छद्म भेष धारण गरी आन्दोलनमा सहभागी भएका व्यक्तिहरूले तीन दिनभित्र आत्मसमर्पण गरेमा उनीहरूको सजायमा छुट हुने भन्दै आत्मसमर्पण गर्न आन्दोलनमा सहभागी नागरिकलाई आग्रह गरेको छ।

इरानका राष्ट्रिय प्रहरी प्रमुख अहमद–रेजा रादानले सरकारी टेलिभिजनसँग सोमबार भन्नुभयो, “अन्जानमा दङ्गामा संलग्न युवाहरूलाई भूलबस आन्दोलनमा लागेका व्यक्ति मानिनेछ, उनीहरू शत्रु सैनिकहरू होइनन् र इस्लामिक गणतन्त्रले उनीहरूलाई उदारताका साथ व्यवहार गर्नेछ।”

आर्थिक कठिनाइको विरोधमा डिसेम्बरको अन्त्यमा भड्किएको प्रदर्शन इरानी नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको विरोध प्रदर्शनमा परिणत भएको थियो।

हिंसात्मक दमनमा हजारौँको मृत्यु भएको अधिकारवादी समूहहरूले बताएका छन् ।सुरक्षाकर्मीबाट व्यापक धरपकडपछि विरोध प्रदर्शन क्रमिक रूपमा कम भएको थियो।

इरानले कट्टर शत्रु घोषणा गरेका अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रलाई अस्थिर बनाउने उद्देश्यले भड्किएको प्रदर्शन ‘दङ्गा’मा परिणत हुनुअघि प्रदर्शनहरू शान्तिपूर्ण भएको इरानी अधिकारीहरूले बताएका छन्।

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै तास्निम समाचार एजेन्सीले गत हप्ताको अन्त्यमा प्रदर्शनको क्रम र त्यसपछिको समयमा करिब तीन हजार मानिसहरूलाई पक्राउ गरिएको बताएको छ ।

अधिकारवादी समूहहरूले यो सङ्ख्या २० हजारसम्म रहेको बताएका छन्। मानव अधिकारकर्मीहरूले सहयोगी इरानीलाई उद्धृत गर्दै प्रदर्शन दबाउने क्रममा हजारौँको मृत्यु भएको हुनसक्ने बताएका छन्, यद्यपि, दावीलाई स्वतन्त्ररूपमा पुष्टि गर्ने आधार तत्काल उपलब्ध गराउन असम्भव रहेको बताएका छन् । इरानमा करिब एक हप्ता सञ्चारका सञ्जालहरूमाथि प्रतिबन्ध (अवरोध) गरिएको थियो।

सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार अधिकारीहरूले ‘देशद्रोहीहरूको ढाड भाँच्नुपर्ने’ बताउनुभएको थियो । रासस