१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका- डा प्रकाशकुमार श्रेष्ठ



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ग्रामीण अर्थतन्त्रबारे छलफल’मा उहाँले स्थानीय सरकार स्थायी सरकार भएकाले ग्रामीण क्षेत्रको विकासमा उक्त सरकारको महत्वपूर्ण भूमिका रहेने बताउनुभएको हो ।

“स्थानीय सरकारले ग्रामीण विकासमा ‘डेलिभरी’ दिन सक्छ, राष्ट्रिय योजना आयोगले पछाडि परेका स्थानीय सरकारलाई समपुरक बजेट प्रदान गर्दै पिछडिएको बस्तीको विकासमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले विसं २०४६ को राजनीतिक परिवर्तनपछि ग्रामीण क्षेत्रको विकासले गति लिन थाले पनि माओवादी द्वन्द्वकालका कारण गाउँहरु उजाड हुँदै गएको बताउनुभयो । ग्रामीण विकासका लागि सङ्घीयता महत्वपूर्ण कडी भएको उहाँको भनाइ थियो ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले हाल मुलुकको जनसाङ्ख्यिक लाभलाई लिएर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष रु एक खर्ब ७४ अर्ब रकम सङ्घीयतामा खर्च भए पनि त्यसको प्रतिफल सोचेजस्तो हुन नसकेको बताउनुभयो ।

संविधानसभा सदस्य डा खिमलाल देवकोटाले सङ्घीयताको विकासले ग्रामीण क्षेत्रमा शक्तिको बाँडफाँट, स्थानीय शासन सुदृढ, पूर्वाधार विकास, वित्तीय हस्तान्तरण, कृषि आधुनिकीकरण, सामाजिक समावेशिकरण, आर्थिक विकासमा सहयोग पुगेको बताउनुभयो । महिला अधिकारकर्मी भारती सिलवालले ग्रामीण अर्थतन्त्रको विकासमा महिलाको ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले विविध कार्यक्रम आयोजना गरी श्रीकान्त अधिकारीको जन्म शताब्दी मनाइने जानकारी दिनुभयो । रासस