१७ श्रावण २०८३, आईतवार
,
Latest
नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय… मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा फुटबलः लालीगुराँस विजयी



अ+ अ-

काठमाडौँ। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लालीगुँरास एसोसिएसन क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा लालीगुँरासले नवजनजागृति क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

लालीगुँरासको जितमा आशिष गुरुङले दुई, अब्दुल युसुफ र अकोएटे जुनियरले एक–एक गोल गरे । नवजनजागृतिका लागि उमेश सञ्जेलले गरेको गोल सान्त्वना बन्यो ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सातदोबाटो युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो ।

एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे । यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । सातदोबाटोको लागि फोडे फोफानाले एक गोल फर्काएका थिए । रासस