२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयले स्थगन गर्यो चीन उडान



अ+ अ-

काठमाडौं । हिमालय एयरलाइन्सले चीनका लागि तत्काल उडान स् रोक्ने भएको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण उडान तत्कालका लागि स्थगन गरेको हो।

एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै उडान स्थगन गरेको जानकारी दिएको छ।

हिमालयले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको थियो भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ। एयरलाइन्सकले चीनका बेइजिङ र छोङछिङमा नियमित उडान गर्दै आएको थियो भने सेन्जेन,छाङ्सा र सियानमा हप्तामा एकपटक चार्टड उडान गर्दै आएको थियो।

चीनमा कोरना भाइरस फैलिएपछि विभिन्न देशका एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन्। चीन सरकारले पनि समूहमा विदेश जान आफ्ना नागरिकलाई रोक लगाएको छ।