१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण



अ+ अ-

काठमाडौं । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ । तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

बरिष्ठ सहित्यकार भुपाल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्रीविलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा. धनप्रसाद सुवेदी, ओ एस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’लगायतले उपन्यास ‘स्माइल ड्रिम’ लोकर्पण गरेका थिए । कार्यक्रमक्रमा स्माइल ड्रिमको अडियो पनि एकै साथ विमोचन गरिएको थियो । अडियो उद्घोषण राधिका घिमिरेले गरेकी छन् ।
ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरुले सरल भाषामा लेखिएको उपन्यास पठनिय रहेको भन्दै सर्जक सुरेन्द्र महर्जन ‘अमर’लाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए भने समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको समालोचना गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यासलाई राईजिङ्ग क्रियटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो ।

अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता सङ्ग्रह, गीत सङ्ग्रह, नेवारी गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम जस्ता २३ वटा कृति सार्वजनिक भइसकेका छन् ।