४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

महानगर प्रहरी बलका प्रमुख जोशीद्वारा पदभार ग्रहण, सिनियर अधिकृतहरूसँग छलफल

महानगर प्रहरी बलका प्रमुख जोशीद्वारा पदभार ग्रहण, सिनियर अधिकृतहरूसँग छलफल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका नवनियुक्त प्रमुख विष्णु प्रसाद जोशीले औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गरेसँगै प्रमुख जोशीले महानगर प्रहरी बलका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशनात्मक बैठक सम्पन्न गरेका छन्।

बैठकमा महानगर प्रहरी बलको वर्तमान अवस्था, कार्यसम्पादन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। प्रमुख जोशीले महानगरको शान्ति, सुरक्षा र अनुशासन कायम गर्न नगर प्रहरीको भूमिका अझ जिम्मेवार र जनमुखी हुनुपर्नेमा जोड दिए।

उनले कानून कार्यान्वयनमा निष्पक्षता, अनुशासन र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिँदै महानगरपालिकाका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका नगर प्रहरी अधिकृतहरूलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरे।