२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षिय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो । घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षीणकाली नगरपालिका वडा नं. ६ मा बस्दै आएका थिए ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट गत पुष ९ गते जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई किर्ते गरी २० लाख ६७ हजार ९ सय १७ रुपैयाँ बनाई रकम निकालेको बताउनुभयो । चेक किर्तेगरी रकम निकालेर फरार भएपछि ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजले प्रहरीमा उजुरी दिएको थियो ।

यस्तै प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही जिल्ला घर भई काठमाडौं बस्दै आएका २७ वर्षका पारस श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै प्रवक्ता वोगटीले काठमाडौंको नयाँ बसपार्कमा सुनको सिक्री लुटदै गरेको अवस्थामा वाग्लुङ घरभई काठमाडौं बस्दै आएका २४ वर्षिय प्रकाश दर्जीलाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको बताउनुभयो । प्रवक्ता वोगटीले आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक पक्राउ गरेको समेत बताउनुभयो ।