१२ असार २०८३, शुक्रबार
,
Latest
प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान



file
अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीदेखि बन्दिपुर–१को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ । करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो । 

छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ । उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनीयर कमल श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन् । हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उहाँको भनाइ थियो ।उक्त ४१ किमीमध्ये दश किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ । उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको दश किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो । 

दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको जानकारी दिँदै उहाँले भन्नुभयो,“सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।”कूल रु ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा  छ । उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिनुभयो ।