२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई



अ+ अ-

तनहुँ । तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल हुनुभएको छ । उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गर्नुभएको हो । ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिमर्याङसम्मको करीब ४४ किलोमिटर दूरी उहाँले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गर्नुभएको हो ।

त्यसैगरी कालीकोट जिल्ला घर भई नेपाली सेनाका देवराज महतराले तीन घण्टा दुई मिनेटमा पार गरी द्वितीय र भोजपुर जिल्ला घर भई नेपाली सेनाकै तीर्थ तामाङले तीन घण्टा तीन मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगतामा विजयी खेलाडीलाई क्रमशस् रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ को साथै प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह र ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विजयी खेलाडीलाई संयुक्त रुपमा नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।