१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

संघीय प्रणालीमा संघीय मामिला मन्त्रालय नै सुस्त

संघीय प्रणालीमा संघीय मामिला मन्त्रालय नै सुस्त
अ अ+ अ-

काठमाडौं । संघीय मामिला सम्बन्धि विभिन्न समस्या समाधान गर्ने, निजामती प्रशासनसँग प्रत्यक्ष सरोकार राख्ने र स्थानीय तहको समेत व्यवस्थापन गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैं सुस्त देखिन थालेको छ । मन्त्रालयले गर्नुपर्ने महत्वपूर्ण कार्य थाती रहन पुगेका छन् । ७ सय ५३ वटा स्थानीय तहलाई सुधार गर्न मन्त्रालयले महत्वपूर्ण कार्यक्रम समेत ल्याउन सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि मात्रै सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई ६१ बुँदे निर्देशन दिँदै सुधारको पहल गर्न भनेको थियो तर अख्तियारको सो निर्देशनअनुसार मन्त्रालयले स्थानीय तहमा व्याप्त विकृति रोक्न कुनै ठोस कार्यक्रम सञ्चालन गर्न सकेको छैन । कर्मचारी समायोजनपछि कर्मचारी सम्बन्धित स्थानमा गए÷नगएको बारेमा अनुगमन नगरिएको, निजामती सेवा विधेयक ल्याउन आलटाल गरिएको, स्थानीय तहमा कर्मचारीको प्रभावकारी व्यवस्थापन गर्न नसकेको, कर्मचारीको क्षमता विकाससम्बन्धी कार्यक्रम ल्याउन नसकेको जस्ता आरोप मन्त्रालयको राजनीतिक नेतृत्वमाथि लाग्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संघीय निजामती सेवा विधेयकको दफाबार छलफल गराउने विषयमा सशक्त भूमिका खेल्न नसकेको देखिएको छ । मन्त्री मन्त्रालयको महत्वपूर्ण काममा भन्दा पनि कार्यकर्ता भेटघाटमा नै व्यस्त हुने गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘मन्त्री मन्त्रालयको समस्या समाधानमा नलाग्दा समस्या थुप्रिन थालेका छन्,’ मन्त्रालयका एक कर्मचारीले भने । अहिलेको मन्त्रालयको सबैभन्दा मुख्य काम भनेकै मुलुकको प्रशासन हाक्ने संघीय निजामती सेवा ऐन ल्याउन अवश्यक पहल गर्नु हो ।

त्यसका लागि राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामती सेवा विधेयकलाई अघि बढाउन मन्त्रीले खासै पहल नगरेको मन्त्रालय स्रोतको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री त्रिपाठीले भने आफू मन्त्री बनेर आएपछि महत्वपूर्ण नीतिगत कामसमेत अगाडि बढेको दाबी गरे । ‘धेरै काम अघि बढेका छन्, संघीय निजामती सेवा विधेयकमाथिको छलफललाई पनि अब तीव्रता दिइनेछ,’ मन्त्री त्रिपाठीले भने । केन्द्रमा संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश र स्थानीय तहले पनि आफ्नो कानुन बनाउन सकेका छैनन् ।

जसका कारण तीनवटै तहमा संघीय शासनअनुरूपको कर्मचारी प्रशासन सञ्चालन हुन सकेको छैन भने सेवाप्रवाह कमजोर हुँदै गइरहेको छ । संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय शासन व्यवस्थामा केन्द्रीकृत शासन प्रणालीमा नै बनाइएको निजामती सेवा ऐनलाई नै आधार मानेर कर्मचारी प्रशासन चलाउँदै आइएको छ । जसका कारण कर्मचारी प्रशासन चुस्त र व्यवस्थित बन्न सकेको छैन ।

स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिलाई दिनुपर्ने तालिम पर्याप्त नहुँदा धेरैजसो स्थानीय तहका जनप्रतिनिधिले आफ्नो जिम्मेवारी के हो र कसरी निभाउने भन्नेसम्मको जानकारी नरहँदा काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको तर्क छ । राजधानी दैनिकबाट