११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले काठमाडौँका ६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, ४ क्षेत्रमा छलफल जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ।

राप्रपा स्रोतका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवारका रूपमा तय भएका छन्।

यद्यपि काठमाडौँ निर्वाचन क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवार चयन हुन बाँकी रहेको छ। ती क्षेत्रमा हाल आन्तरिक छलफल जारी रहेको र छिट्टै निर्णय हुने पार्टी स्रोतले जनाएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै राप्रपाले काठमाडौँमा संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ।