२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवनमा प्रयोग हुने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति यादव



अ+ अ-

तनहुँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षा लागू गर्नुपर्छ भने । पूर्वराष्ट्रपति यादवले भने “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ।”

नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नुपर्छ भने । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, काँगे्रसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला सङ्घको केन्द्रीय प्रतिनिधि एवं काँगे्रस महाधिवेशन प्रतिनिधि चिनु पोख्रेरेललगायतका वक्ताले विद्यालयको समग्र विकासको लागि निरन्तर लाग्नुपर्नेमा जोड दिए ।