२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद



अ+ अ-

अर्घाखाँची । जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।

अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिनुभयो ।

गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । दश वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानूनअनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनुभयो ।

त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको उहाँले जानकारी दिनुभयो ।