११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी मनोनयन दर्ताको समयसीमा एक हप्ता थप्ने तयारी



अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्न प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसभित्र देखिएको विवाद मुख्य कारण देखाउँदै मनोनयनको मिति सार्नुपर्ने दबाब बढेको हो।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा पक्षले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

यस विवादका कारण कांग्रेससहित अन्य दलहरूले पनि मनोनयन दर्ताको समयसीमा पुनःनिर्धारण गर्न आग्रह गरेका हुन्।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले हाल माघ ६ गते तोकिएको मनोनयन दर्ताको मिति कम्तीमा एक साता बढाएर माघ १५ गतेदेखि माघ मसान्तसम्म सार्न अनुरोध गरेका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस विषयमा आयोगले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारे।

उनले भने, “सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समयसीमा माघ ६ गतेबाट कम्तीमा पनि एक साता बढाएर माघ १५ देखि माघ मसान्तसम्म सार्न अनुरोध गर्नुभएको छ। आयोगले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ, अहिलेसम्म कुनै निर्णय भएको छैन।”

यद्यपि औपचारिक निर्णय नलिए पनि मनोनयन दर्ताको समयसीमा बढीमा एक हप्ता सार्न सकिने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ।