११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले राजीनामा होल्ड गरे, अन्तिम समयसम्म पर्खने रणनीति



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी रहेको बताए पनि अन्तिम समयमा शाहले निर्णय परिवर्तन गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्था रहेकाले पनि उनले राजीनामा तत्काल नदिएको बताइएको छ । बालेन निकट एक नेताका अनुसार अहिलेको राजनीतिक अनिश्चितताका कारण राजीनामा होल्ड गरिएको हो ।

उनले भने ‘राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने भनेर अहिल्यै भन्न मिल्दैन । जेहोस्, अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ । कांग्रेस अदालत गएको छ, त्यतातिर केही निर्णय आउन सक्छ । भोलि चुनाव सर्नेसमेत सम्भावना हुन सक्छ । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरिएको हो ।”

मेयर शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाने कार्यक्रम छ । मेयर पदबाट राजीनामा नदिई उनी पार्टी कार्यालय जान लागेका हुन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका शाहले उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने तयारी गरेका थिए । निर्वाचन आयोगले पर्सि (माघ ६ गते) उम्मेदवारी दर्ताको समय तोकेको छ । सोहीअनुसार विभिन्न दलहरू उम्मेदवार टुंगो लगाउने प्रक्रियामा छन् । रास्वपाले पनि आफ्ना उम्मेदवारहरू अन्तिम चरणमा चयन गरिरहेको छ ।

यसैबीच आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने तय भएको छ । बैठकअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्ने कार्यक्रम छ । नेताहरूका अनुसार उनी दिउँसो १ बजे पार्टी कार्यालय पुग्नेछन् ।

केन्द्रीय समिति बैठक २ बजेदेखि सुरु हुनेछ । पार्टी सभापति रवि लामिछानेलगायत नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम पनि छ । मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने कार्यक्रम रहेको जनाइएको छ ।