३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

चौथो मःम महोत्सव सुरु

चौथो मःम महोत्सव सुरु
अ+ अ-

नेपालगन्ज । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ ।

नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिनुभयो । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएकोे महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताउनुभयो । सो महोत्सवमा दुई सयभन्दा बढी प्रकारका मःमः सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिनुभयो । स्थानीय स्वादसँगै नयाँनयाँ फ्लेवरका मःमःले महोत्सवलाई विशेष बनाएको उहाँको भनाइ छ । कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका मःम महोत्सवमा प्राप्त हुने बताउनुभयो ।

महोत्सवको अन्तिम दिन सोमबार, राष्ट्रिय तथा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने छभने राष्ट्रिय तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको मःमः महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

कटेजले २०८० सालदेखि निरन्तर रूपमा सो महोत्सव आयोजना गर्दै आएको थियो । सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा छन् । रासस