२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभाको बैठक स्थगन



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा संशोधन प्रस्तावका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको उपस्थितिमा छलफल गर्नुपर्ने देखिएकाले आजको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव मानसिंह धामीले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह भने सो पार्टीको बैठकमा सहभागी हुन केही दिनदेखि काठमाडौँ हुनुहुन्छ ।

प्रदेशसभामा सरकारले टेबुल गरेको एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य भरतबहादुर खड्काले संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको थियो ।

बिहीबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त विधेयकका सन्दर्भमा दर्ता भएको संशोधन प्रस्तावका बारेमा छलफल भएको बताइएको छ । अर्को बैठक यही माघ १९ गते दिउँसो १ बजे बस्नेछ ।