२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजारमा दुई हात्ती



अ+ अ-

काठमाडौं । एक हजारको नयाँ आउने नोट दुई वटा हात्ती देखिने भएका छन् । हाल एउटा मात्रै हात्तीको तस्वीर अंकित रहेकोमा अबका नोटमा दुई वटा जुम्ल्याहा हात्ती रहने भएको हो।

राष्ट्र बैंकले सो डिजाइनको नयाँ नोट छपाईको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइसकेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अबको चार महिनामै यी नोट आउने जानकारी दिए। ‘दुई वटा हात्तीको तस्वीर अंकित डिजाइनका ३१ करोड थान नोट छपाईको जिम्मा दिएका हौं’ भट्टले भने।

दसैँताका नै यी नयाँ नोटहरु बजारमा आउने छन्। हात्तीको तस्वीरबाहेक नयाँ नोटमा अन्य कुनै विशेषता भने परिवर्तन गरिएको छैन।

अहिलेको नोटमा भएको हात्तीको तस्वीर विदेशी भएको भन्दै आलोचना भएपछि राष्ट्र बैंकले चितवन राष्ट्रिय निकुन्जमा भएका राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीरअंकित डिजाइन गरेको हो।