२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजारमा दुई हात्ती



अ+ अ-

काठमाडौं । एक हजारको नयाँ आउने नोट दुई वटा हात्ती देखिने भएका छन् । हाल एउटा मात्रै हात्तीको तस्वीर अंकित रहेकोमा अबका नोटमा दुई वटा जुम्ल्याहा हात्ती रहने भएको हो।

राष्ट्र बैंकले सो डिजाइनको नयाँ नोट छपाईको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइसकेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अबको चार महिनामै यी नोट आउने जानकारी दिए। ‘दुई वटा हात्तीको तस्वीर अंकित डिजाइनका ३१ करोड थान नोट छपाईको जिम्मा दिएका हौं’ भट्टले भने।

दसैँताका नै यी नयाँ नोटहरु बजारमा आउने छन्। हात्तीको तस्वीरबाहेक नयाँ नोटमा अन्य कुनै विशेषता भने परिवर्तन गरिएको छैन।

अहिलेको नोटमा भएको हात्तीको तस्वीर विदेशी भएको भन्दै आलोचना भएपछि राष्ट्र बैंकले चितवन राष्ट्रिय निकुन्जमा भएका राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीरअंकित डिजाइन गरेको हो।