१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको सहयोगमा निर्मित पुनर्स्थापना केन्द्रको हस्तान्तरण



अ+ अ-

काठमाडौं । जापानको सहयोगमा अपाङ्ग महिलाहरूका लागि निर्मित पुनर्स्थापना केन्द्रको हस्तान्तरण गरिएको छ। नेपालस्थित जापानी दूतावासले आज बूढानिलकण्ठ नगरपालिकास्थित नेपाल अपाङ्ग महिला संघलाई नवनिर्मित पुनर्स्थापना केन्द्रको हस्तान्तरण गरेको हो।

जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अन्तर्गतको आर्थिक सहयोगमा काठमाडौंमा उक्त पुनर्स्थापना केन्द्रको स्थापना गरिएको हो। परियोजनाको कुल लागत ९१ लाख ७० हजार रूपैयाँ रहेको छ।

अपाङ्गता भएका महिलाहरूका लागि पुनर्स्थापना केन्द्रको प्रभावकारी प्रयोग भएमा यसले महिलाहरूलाई आत्मनिर्भर बन्नमा मद्दत गर्ने विश्वास जापानी दूतावासले लिएको छ। यो परियोजनाले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध बलियो हुने पनि जापानी दूतावासको विश्वास छ।
नेपाल अपाङ्ग महिला संघले यसअघि आर्थिक कठिनाईका बीच भाडामा लिइएको घरमा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आएको थियो। जसकारण संघले बढ्दो माग अनुरूप सेवा पुर्याछउन सकिरहेको थिएन।