१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद डंगोलले भनिन्– सरकारले संसद र संविधानलाई हेप्यो



अ+ अ-

हेटौँडा । बाग्मती प्रदेशकी सांसद जिवन डंगोलले वर्तमान सरकारले नेपालको लोकतान्त्रिक पद्दति, संसद र संविधानलाई नै हेपेको आरोप लगाएकि छिन् ।
उनले प्रदेश संसदलाई सम्बोधन गर्दै भनिन्– प्रमुख प्रतिपक्ष र विपक्ष सांसदले संविधानले जन्माएको गरिमामय संसदमा आफनो कुरा राख्न खोज्दा आफनो भावना व्यक्त गर्दा तिम्रो हैसियत के हो भनेर हेपेको छ ।


उनको प्रश्न थियो, यो कस्तो लोकतान्त्रीक पद्धती हो ? कस्तो संसदीय व्यवस्था हो ? हेप्ने सांसदलाई हेप्ने ? लोकतन्त्र र संसदीय व्यवस्था एवम् सांसदलाई हेप्ने अधिकार यो सरकारलाई कसले दियो ? उनले सरकारको यो रवैयाप्रति खेद पनि प्रकट गरेकी छिन् ।

उनले भनिन्– आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासमा छौ । सरकार सत्तापक्षको संसद विपक्षको हो । अल्पमतको सम्मान हुनु नै लोकतन्त्रको सुन्दर पक्ष हो । प्रतिपक्षको आवाज नै लोकतन्त्रको गहना तथा लोकतान्त्रीक पद्धती हो ।
सरकारले राजधानी र नामाकरण लगतै उत्साहपूर्ण धन्यवादको वदला लोकतन्त्रको सुन्दर पक्षलाई लोकतान्त्रीक पद्धतीलाई अस्वीकार मात्र गरेन आक्रमण र अधिनायकवाद लादन खोज्यो, उनको भनाई थियो ।

उनले आज हामी जुन राजनितीक उपलब्धी प्राप्त गरेका छौ, त्यो पदयात्रा सहज थिएन भनिन् । राणा शासन हटाउने देखी आजको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्म आइपुग्दा आन्दोलनको विभिन्न कालखण्डहरु पार गरेको उनले स्मरण गरिन् ।
यो अभियानमा महिलाहरुको उत्साहपुर्ण संघर्षका गाथाहरु नेपालको राजनीतिक इतिहासमा स्वर्णमय र गौरवमय रहेको उनको भनाई थियो ।


उनले २००४ सालमा नेपालको राजनितिक आन्दोलनका महिला संघर्षका जननी मंगलादेवि सिहं देखि सहाना प्रधान, शैलजा आचार्य, दिव्या र नोना कोइरालको स्मरण पनि गरिन् ।
सांसद डंगोलले जनआन्दोलनमा महिलाहरुको उत्साहपूर्ण त्याग र वलीदानी मुलक सहभागिता भएको तथ्यले इतिहासको पाना मात्रै नथपिएको र उपलब्धीको रुपमा महिलाको सहभागिताको अनिवार्य हुनुपर्ने संविधानको पाना पनि भरिएको तर्क गरिन् ।


संविधानको प्रस्तावनामा नै समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको उनको भनाई थियो ।
संविधानको प्रस्तावनाको परिकल्पनाको अवस्थामा धारा ३८ को उपधारा ४ मा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समावेशी हुने हक हुनेछ भन्ने उल्लेख रहेको स्मरण उनले गरिन् ।


संविधानको मर्यादालाई पालना गर्न चट्टानस्वरुप उभिन्न सक्ने महिला शक्तिलाई आगोको अगाडी मैनबत्तीझैँ पगाल्ने पितृसत्तात्मक सोच र स्कुलीङ्ग भएको यो सरकारले सविधान माथि अधिनायक वाद लाद्न खोजेको उनले बताइन् । मन्त्री परिषद गठन भएको २ वर्ष पुरा भएको छ जसमा महिलाको सहभागिता सुन्य हुनु हास्यास्पद मात्र होइन संविधान विपरित भएको प्रस्ट छ, उनले भनिन् ।


त्यसैले संविधानको अक्षरस पालना गरियोस भन्दै यो सरकार अविलम्ब पुर्नगठन गरि कम्तीमा पनि तेत्तीस प्रतिशत महिलाको सहभागिता गराउन माग गरिन् । आधा आकास ओगटेको महिला सबै महिला पुरुष लाई जन्मदिने जननी हुन । देशको मुल कानुन र जननीलाई उलंघन गर्ने हक कसले दियो उनको प्रश्न थियो ।

यो प्रश्न आफूले र बाग्मती प्रदेश संसदले मात्र नभएर प्रदेशका आम ५७ लाख जनताले साधिरहेको उनको जिकीर थियो ।