१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाकाे एकता प्रयास बिफल, चुनाव चिह्नमा सहमति जुटेन



अ+ अ-

काठमाडाैंः कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तका बीच एकता गर्ने अन्तिम प्रयास विफल भएको छ । दुवै पार्टीका तीन अध्यक्षका बीच एकताको लागि शीर्ष तहमै चरणबद्ध छलफल भइरहेको थियो ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन र अरु दुईवटा प्रतिवेदन पेश गरेपछि शनिबार सम्मका लागि बैठक स्थगित गरेका राप्रपा अध्यक्ष थापा राणा लोहनीसंग एकताको अन्तिम छलफलका लागि महाराजगन्जको एक होटलमा पुगेका थिए ।

यसअघिका छलफलमा एकता पछि तीन अध्यक्ष हुने, राप्रपालाई ५५% र राप्रपा संयुक्तलाई ४५% भागवण्डा गर्ने सहमति भएको थियो भने चुनाव चिन्ह महाधिवेशनले टुंगो लगाउने अनौपचारिक टुंगो लागेको थियो । तर सहमतिको अन्तिम प्रयासका लागि भएको बैठकमा डा.लोहनीले अप्रत्याशित रुपमा चुनाव चिन्हको बखेडा सिर्जना गरेपछि एकता अवरुद्ध बन्न पुगेको हो ।

पार्टी एकीकरण गर्ने लगभग सैद्धान्तिक सहमतिमा पुगेका दुवै पार्टीका शीर्ष नेताबीच शुक्रबार साँझ भएको वार्तामा चुनाव चिह्नबारे विवाद भएको छ । अपरान्ह ४ बजेदेखि महाराजगञ्जको होटल ला शेर्पामा राप्रपा अध्यक्ष थापा तथा राप्रपा संयुक्तका अध्यक्षद्वय राणा र डा. लोहनीबीच करिब डेढ घण्टा छलफल भएको थियो । तर चुनाव चिह्नका विषयमा सहमति जुट्न सकेन ।

चुनाव चिह्नलाई आगामी महाधिवेशनबाट टुंग्याउने सहमति भएको तर राणा र लोहनीले हलो चिह्न स्वीकार गर्नुपर्ने धारणा राखेको र साँझसम्म बैठक सहमतिमा नपुगेको थापा निकट एक नेताले जानकारी दिए । ‘बिहीबार भएको बैठकमा सबै विषय टुंगिएको थियो, शुक्रबार संयुक्तका शीर्ष नेताबाट चुनाव चिह्नका विषयमा नयाँ धारणा आएपछि साँझ अध्यक्षत्रयको बैठकमा त्यसबारे सहमति जुट्न सकेन’ राप्रपाका एक नेताले भने ।

राप्रपाले जारी केन्द्रीय समिति बैठकमा पार्टी एकता र महाधिवेशनको दुवै विकल्प खुला राखेको छ । २०७३ फागुन ६ गते राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २०७४ भदौ २२ गते पार्टी विभाजित भएको थियो । राप्रपा समुहमा स्थापनादेखि नै टुटफुटको श्रृंखला चल्दै आएको छ ।

अहिले राप्रपाको चुनाव चिह्न गाई र राप्रपा संयुक्तको हलो छ । गाई चिन्ह बाहक राप्रपाको प्रतिनिधि सभामा एक, प्रदेश सभामा तीन र १५ स्थानीय तहमा प्रतिनिधित्व रहेको छ । पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागु गर्न तीनै नेता सहमत भएका थिए । शिर्ष नेतृत्व तहमा भएको बिहीबारको समझदारीबाट राप्रपा संयुक्त पछि हटेपछि अब एकता टरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

देशमा बलियो राष्ट्रवादी पार्टी निर्माण गर्न हाम्रो सकारात्मक र इमानदार प्रयास थियो तर राप्रपा संयुक्तले धोका दिएपछि अब एकता नहुने श्रेष्ठले जानकारी दिए । हामी केन्द्रीय समितिको बैठकमा छौं, निर्वाचन समितिले महाधिवेशनको विनियमावली, निर्देशिका र कार्यतालिका पेश गरेको छ, अब महाधिवेशनको दिशामा दृढतापूर्वक अघि बढ्छौं- श्रेष्ठले भने । आजको बैठकमा सातवटै प्रदेशका अध्यक्षले प्रतिवेदन पेश गरेका छन् र आजबाट सबै प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको छ ।