२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोफिया केनिनले जितिन अस्ट्रेलियन ओपनको उपाधि



अ+ अ-

काठमाडौंः अमेरिकी महिला लनटेनिस खेलाडी सोफिया केनिनले महिलातर्फको अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । शनिबार मेलबर्न पार्कमा खेलिएको फाइनलमा केनिनले उपाधिकी प्रबल दाबेदार मानिएकी गार्बिन मुगुरुजालाई २-१ को सेटमा पराजित गरिन् । पहिलो सेट ४-६ ले गुमाएकी १४औं वरियताकी सोफियाले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेकी थिइन् । उनले दोस्रो र तेस्रो सेट ६-२, ६-२ ले जितेकी थिइन् ।

साेफिया केनिन, अस्ट्रेलियन अाेपनकाे उपाधिका साथ (तस्वीरः AP Photo/Dita Alangkara)

२१ वर्षीया सोफियाले सेमिफाइनलमा विश्व नं. १ आश बार्टीलाई पराजित गरेपनि उनले फाइनल जित्ने खासै अड्कल गरिएको थिएन । उनी यो जितसँगै अब विश्व नं. ७ मा उक्लिने छिन् । सन् १९९८ मा मस्कोमा जन्मिएकी सोफियाका मातापिता रुसी हुन् । उनीहरु सन् १९८० को दशकमा अमेरिका बसाइँ सरेका थिए, तर छोरी जन्मिने समयताका उनीहरु रुसमै थिए । तर छोरी जन्मिएसँगै उनीहरु अमेरिकाको फ्लोरिडा फर्किए ।मुगुरुजा यसपटक अस्ट्रेलियन ओपनमा सशक्त उम्मेदवार थिइन् । विगतमा विश्व नं. १ रहेकी मुगुरुजाले सन् २०१६ मा फ्रेन्च ओपन र २०१७ मा विम्बल्डन ओपन जितिसकेकी छिन् ।

स्पेनी खेलाडी मुगुरूजा खेलमा पराजित भएपछि निराश मुद्रामा पत्रकार सम्मेलनमा । अाफूले पर्याप्त शक्ति लगाएर खेल्न नसकेकाे स्वीकार । (तस्वीरः AP/Andy Brownbill)

पुरुषतर्फको फाइनल आइतबार
आइतबार पुरुषतर्फको फाइनल खेल हुँदैछ । मेलबोर्न पार्कमा हुने यस खेलको फाइनल भिडन्त डिफेन्डिड च्याम्पियन नोभाक जोकोभिक र अस्ट्रियाली २६ वर्षीय खेलाडी डोमिनिक थाइमबीच हुँदैछ । नोभाक आठौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने अभियानमा छन् ।