१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जनताका अधिकार खोस्ने काममा लागेको छ– डा.महत



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशसरण महतले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेर नगरिकको स्वतन्त्रता खोस्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।
आफ्ना ज्यादतिविरुद्धको आलोचनाबाट डराएर संविधानले असंशोधनीय अधिकारका रुपमा नागरिकलाई दिएका कतिपय अधिकारहरुमा समेत सरकारले आँखा लगाएको उनको आरोप थियो ।
डा.महतको भनाई थियो– सरकार अधिनायकवाद लाद्न खोज्दैछ, तर यो उसको दिवा सपना मात्र हुनेछ । सरकार नागरिकप्रति उत्तरदायी हुनुको सट्टा अधिकार खोस्नेतर्फ लागेको उनले बताए । उनले सरकार निषेधको बाटोतर्फ लागेकाले त्यसकाबिरुद्ध लड्न नागरिकलाई आह्वान पनि गरे ।
‘जनताको मतले निर्वाचित भएर पनि सरकार जनताको आकांक्षाअनुसार काम गर्न नसकेको उनको भनाई थियो । निषेध र नियन्त्रणमा उहाँहरू बिश्वास गर्नुहुन्छ त्यसैले जनताका काम हुन सकेका छैनन– उनले भने ।


नुवाकोटमा सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका डा.महतले राष्ट्रियताको ठूलो नारा लगाउनेहरू नै देशको सीमा, सुरक्षा र अखण्डतामा प्रश्न उठ्दा कानमा तेल हालेर बसेको बताए । नेपालमा चीनसँग जोड्ने रेलवेको कुरा गर्नेहरूले त्रिशुलीबाट रसुवागढी हुँदै काठमाडौंमा जोड्ने झोर छहारे बाटोको मर्मतसमेत नगरेको गुनासो उनले गरे ।
यहाँ ठूलाठूला कुरा हुन्छन्, आकास पातालको कुरा हुन्छ, पानी जहाजको कुरा हुन्छ, रेलवेको कुरा हुन्छ, तर जनताको आधारभूत आवश्यकता समेत पूरा हुँदैन– डा.महतले भने ।

फरक सन्दर्भमा सहमहामन्त्री महतले नेपाल एकीकरणको सुरुवात नुवाकोटबाटै भएको उल्लेख गर्दै पृथ्वीनारायण शाहको योगदानको प्रशंसा पनि गरे । तर राजधानीको नजिक भएर पनि अहिले नुवाकोट पछि परेको उनले बताए ।