ललितपुर । ललितपुरको उत्तर कोरियाली दूतावास नजिकैको बखुन्डोलस्थित कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना घाइते भएका छन् ।
आज बिहान ११ः१५ बजेतिर लागेको आगो नियन्त्रणमा लिन दमकल, सुरक्षाकर्मीको प्रयास जारी छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल घटनास्थल पुगेको छ ।
घाइतेहरुलाई जावलाखेलस्थित अल्का अस्पतालमा उपचारको निम्ती लागि भर्ना गराईएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार आगो नियन्त्रण हुँदै गएको छ ।