३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

काँग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँः ओली

काँग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले विशेष महाधिवेशन बनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पु¥याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहो¥याउने प्रपञ्च रचिएको जिकिर समेत गर्नुभयो । उहाँले काँग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताउनु भयो । अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाँति राखेर एकतावद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘विशेष महाधिवेशन किन भनेको ? नेपाली काँग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ? ४, ५ वर्ष कार्यकाल सकिएर महाधिेशनको मिति तोकिएको थियो । कसले बोलाउने भन्ने पनि त थिति होला नि । बैठक कसले बोलाउछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि । बहुमत, अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि । कसैले सडकमा बहुमत पु¥याए भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन ? डेमोक्रेसीलाई अराजकतातर्फ, समाजलाई अराजकतातर्फ लैजान खोजियो । त्यसरकारण न्याय निरुपण गर्ने संस्थाहरु । यो डेमोक्रेसीसँग सम्बन्धित विषय हो, कानूनी राजसँग सम्बन्धित विषय हो । त्यसकारण म भनिराखेको छु । नेपाली काँग्रेस विभाजनकोस्थितिमा पुग्नु दुखद कुरा हो नेपालको डेमोक्रेसीका लागि ।’

‘नेपाली काँग्रेसका नेताहरु जानीबुझी यो सब काम किन गरिरहेका छन ? म आश्चर्य चकित भएको छु । हामी चिन्तित छौ नेपाली काँग्रेस यस्तो बेलामा जतिबेला डेमोक्रेसी कुल्चिएको छ, मिचिएको छ । प्रणाली घायल बनाइएको छ । संविधान मिचिएको छ । यस्तो बेलामा यसका निम्ति लडनुपर्ने नेपाली काँग्रेस अनावश्यक आपसी लडाई गरेर पार्टी फुटने, फुटाउने स्थितिमा पुगेको छ । नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुलाई चिन्ता हुनुपर्ने विषय होइन यो ? कसले गराउँदै छ यी काम । किन हुँदैछन यस्ता कुरा । म एमालेका साथीहरुलाई भन्न चाहन्छु कुनै सानातिना असन्तुष्टि मनमा छन भने छोडिदिनुस । अहिलेअसन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँडने बेला होइन, अहिले देशका लागि लडने बेला हो । डेमोक्रेसीका लागि लडने बेला हो । यतिबेला हामीले सानातिना कुरा मनराखेर चित्त बुखाएर असन्तुष्ट भएर होइन, दिल खोलेर हामी देशका लागि लडने, जनताका लागि लडने, लोकतन्त्रका लागि लडने, शान्ति, सुशासन र विकासका लागि लडने पार्टी सबै कुरा छोडेर यसका निम्ति लडदछौ । अहिले शान्ति, संविधान लोकतन्त्रका लागि लडौं ।’ 

अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरुले एकतावद्ध भएर लडनुपर्ने अवस्था आएको बताउनु भयो ।