२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियन रसुवामा नयाँ नेतृत्व



अ+ अ-

रसुवा– नेपाल प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले सुशिल कोइरालाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष उपाध्यक्ष शशीकुमार डंगोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ, कोषध्यष सुवास घिमिरे छन् । कार्यसमितिको सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा, संदिप पौडेल छन् ।

अधिवेसनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि ५ सदस्यीय चयन गरेको छ । पाँच सदस्यीयहरुमा गणेश श्रेष्ठ, धर्म पौडेल, सुनिल पौडेल, अनु आचार्य र झरना नेपाली रहेका छन् । प्रदेश प्रतिनिधिहरुमा श्रीकृष्ण पौडेल, सुदिप न्यौपाने, भवानी पौडेल, भक्तबहादुर गुरुङ, मिलन देवकोटा, रक्षा न्यौपाने र सन्तोषी तामाङ रहेका छन् । सर्वसम्मत् निर्वाचित कार्यसमिति, महाधिवेसन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुलाई प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी र केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईंले टीका तथा खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसअघि तेस्रो जिल्ला अधिवेसनको उद्घाटन सत्रमा नेपाली काग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले प्रेसले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन नेपाली काग्रेस आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

संघीय सांसद ईन्जिनियर मोहन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काँग्रेस सधैं अग्रामोर्चामा रहेको उल्लेख गर्दै सरकारले संसदमा ल्याएका सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयक र विशेष सेवा विद्येयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानको विरोध जनाए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको आन्तरिक गृह कार्य भैरहेको उल्लेख गर्दै सबैलाई महाधिवेसनको लागि सहभागी हुन आग्रह गरे ।

कृष्ण थापाको अध्यक्षतामा भएको अधिवेसनमा उत्तरगयागाउपालिकाका प्रमुख उपेन्द्रराज लम्साल, केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईं, नेका जिल्ला कार्यसमिति सदस्य उत्तम थापा, रसुवा महिला सञ्जाल अध्यक्ष सुनिता गुरुङ, प्रेस संगठनका संयोजक बलराम घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।