२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोभाक जोकोभिचले जिते अस्ट्रेलियन ओपनकाे उपाधि



अ+ अ-


काठमाडौंः सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको पुरुषतर्फको फाइनलमा जोकोभिचले पहिलो पटक फाइनलमा पुगेका डोमिनिक थाइमलाई ५ सेट चलेको खेलमा ३-२ ले पारजित गरे ।

पहिलो सेट ६-४ ले जितेका जोकोभिचले त्यसपछि लगातार दुई सेट गुमाएका थिए । थाइमले दोस्रो सेट ६-४ र तेस्रो सेट ६-२ ले जित्दै खेलमा २-१ को अग्रता बनाएका थिए ।

चौथो सेट जोकोभिचले ६(३ ले जित्दै खेल बराबरीको अवस्थामा पुग्यो । पाँचौ तथा निर्णायक सेट ६(४ ले जित्दै जोकोभिचले मेलवर्नमा आठौं पटक उपाधि जितेका हुन् । याे जितसँगै ३२ वर्षीय जोकोभिचको ग्राण्डस्लाम उपाधि संख्या १७ पुगेको छ। उनी सर्वाधिक उपाधि जित्नेमा रोजर फेडेरर र राफायल नाडालभन्दा पछि छन् । फेडेररले २० र नाडालले १८ ग्राउण्डस्लाम उपाधि जितेका छन् । जोकोभिचले ५ पटक विम्बल्डन, ३ पटक युएस ओपन र १ पटक फ्रेन्च ओपन जितेका छन् ।

तेस्रो पटक ग्राण्ड्स्लाम फाइनल खेलेका थाइमको उपाधि जित्ने चाहना अझै अधुरै बनेको छ ।

महिला एकलतर्फ शनिबार भएकाे फाइनलमा अमेरिकी साेफिया केनिनले उपाधि जितकी थिइन् । यससँगै अस्ट्रेलियन अाेपनका सबै खेल समाप्त भएका छन् ।

(न्यूज एजेन्सीहरूकाे सहयाेगमा)