१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी थप विवादित, नेकपामा ओली कमजोर भएकै हुन् ?



अ+ अ-

नयाँ पत्रिकाका अनुसार, नेकपाको केन्द्रीय समिति बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएका वामदेव गौतमले अहिलेको शासकीय स्वरूपमा परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा पार्टी सचिवालय बैठकमै छलफल भएको बताएका छन् । उनले भनेका छन्– प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको शासकीय प्रणालीमा जानेबारेमा गहन छलफल गरेका छौं । प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने धेरै राम्रो हुन्छ । त्यो भएन भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छन् । यो स्थितिमा अब सांसदहरूको भूमिका फरक हुन्छ ।

नेकपाले नेताका सम्पत्ति छानबिन गर्ने भएको खबर अन्नपूर्णमा छापिएको छ । त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय नेकपाले गरेको छ । यसअघि पनि नेकपाले पटकपटक नेताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । तर, त्यो कार्यान्वयनमा आएको थियो ।

‘विमति राख्ने खनालकै काँधमा एमसीसी’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार लेखेको छ । एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेता झलनाथ खनाललाई नै कार्यदलको संयोजक बनाइएको छ । एमसीसीका विषयमा सबैभन्दा चर्का आलोचक स्थायी कमिटी सदस्य भीम रावल र पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यदलको सदस्य बनाइएको छ ।

साेमबारका प्रमुख अखबारका मुख्य पृष्ठहरूः