१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि जैविक विविधता संरक्षण जलवायु जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण छः मन्त्री डा परियार



अ+ अ-

काठमाडौँ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, सम्वद्र्धन तथा उपयोगका लागि सरकारले आवश्यक कानुनलाई प्रभावकारी बनाउने बताउनुभएको छ ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री डा परियारले आधुनिक कृषि प्रणालीसँगै कृषि जैविक विविधताको संरक्षण, उपयोग दिगो उत्पादन, वातावरणीय सन्तुलन तथा जलवायु जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण रहेको बताउनुभयो । जैविक विविधतासम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको नेपालले दिगो विकास लक्ष्यलाई आत्मसात् गरी आवधिक योजना तर्जुमा गरेको बताउँदै उहाँले मौलिक संस्कृति र सम्बद्ध कृषि जैविक विविधताको संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रबाट कृषि जैविक विविधता संरक्षणका लागि सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, स्व–स्थानीय संरक्षणमा सहयोग एवं रैथाने बाली प्रवद्र्धनात्मक क्रियाकलापको सराहना गर्दै मन्त्री डा परियारले आगामी दिनमा अनुसन्धान, शिक्षा तथा प्रसारका कार्यमा सहकार्य एवं साझेदारी गरी यस क्षेत्रको संरक्षण र उपयोगमा हातेमालो गर्न सरोकारवाला सबैमा आह्वान गर्नुभयो ।

उहाँले विभिन्न फार्म केन्द्रबाट ‘फिल्ड जिन बैंक’ सञ्चालन गरी संरक्षणका क्रियाकलाप तथा ४० स्थानीय तहमा सामुदायिक बीउ बैंकमार्फत कृषि जैविक विविधता संरक्षण कार्य भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री डा परियारले कृषि उत्पादनको महत्वपूर्ण साधनका रूपमा कृषि जैविक विविधतालाई स्वीकार्दै नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग गाँसिएका सम्पदाको संरक्षण र प्रवद्र्धन भावि पुस्ताप्रतिको जिम्मेवारी भएको बताउनुभयो ।

यसवर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता’ नारा तय गरिएको छ । रासस