६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्ता प्रति ओलीको कटाक्ष: दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ?



फाइल फोटो
अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता माथि भएको आक्रमण अहिले पनि जारी रहेको उल्लेख गर्दै न्याय र लोकतान्त्रिक अधिकारका लागि संघर्ष आवश्यक रहेको बताउनुभयो।

बिहीबार काठमाडौंमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा प्रकाशित जेलभित्रका सङ्घर्ष पुस्तकको लोकार्पण कार्यक्रममा उहाँले जनताले आक्रमणको विरोध गर्दै आफ्नो अधिकार प्राप्त गर्ने बताउनुभयो। ‘आज नेकपा एमाले जनताको प्रतिनिधिका रूपमा उभिएको छ र यसले जनताको अधिकार स्थापित गरेर छाड्नेछ,’ उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूले नेपालमा नेपालीको सरकार हुन नदिने उद्देश्य राखेको दाबी गर्दै, एमालेको संघर्षको मुख्य उद्देश्य नेपाली जनताको सरकार स्थापना गर्नु रहेको बताए। उहाँले भन्नुभयो, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा उद्यम क्षेत्रमा आगो लगाउने काम भएको छ।’

उहाँले हालको सरकारले जनताको सम्पत्ति लुट्नेहरूलाई संरक्षण गरेको आरोप लगाउँदै रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासमा सरकारले सक्रिय भूमिका खेलेको बताउनुभयो। ‘आज थिति र विधिको शासन छैन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलंकित र लज्जित भएको छ,’ उहाँले भन्नुभयो ।

ओलीले रवि लामिछानेको संगठीत अपराध मुद्दा फिर्ता लिन लागेका महान्यायाधिवक्तालाई प्रश्न गर्दै, ‘जनताको ठगिएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ? ’ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले एमाले जालसाजीको बाटो होइन, सत्य र न्यायको बाटो हिँड्ने पार्टी भएको र दमनको प्रतिवाद गर्दै सफलता प्राप्त गर्नेमा पार्टी अडिग रहेको दाबी गर्नुभयो। ‘टर्च बालेर खोज्दा पनि एमाले भेटिने छैन भनेर केही मानिस हिँडेका थिए, तर एमाले अजय किल्ला बनेको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले एमालेमाथि हमला पटक–पटक भइरहेको स्मरण गराउँदै, पार्टीले जब विकास र राष्ट्रिय महत्वका कार्यक्रम अघि बढाउँछ, त्यही बेलामा एमालेमाथि आक्रमण हुने गरेको बताउनुभयो। उहाँले एमाले सरकारमा हुँदा थुप्रै विकास योजनाहरू सञ्चालन गरिएको र सरकार हटाएपछि कतिपय योजना अलपत्र परेको जानकारी दिनुभयो।

उहाँले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा तत्कालीन पञ्चायती शासकले गोली हानी माघे संक्रान्ति मेला हेर्दै गरेका स्थानीयलाई मारिएको घटनाको पनि स्मरण गराउनुभयो। ती व्यक्तिहरूलाई शासक विरोधी भएको आरोप लगाइएको थियो।