२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस संक्रमित महिलाले चीनमा स्वस्थ बच्चा जन्माइन्



अ+ अ-

कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी महिलाले एउटी छोरीलाई जन्म दिएकी हुन् । बिहीबार ज्वरो बढेपछि ती गर्भवती महिला अरबिन सहरको ६ नम्बर अस्पतालमा जचाउन पुगिन तर परीक्षणपछि उनमा कोरोभाइरस रहेको पुष्टि भयो ।

त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन (सी सेक्सन विधि) गर्ने निर्णय गरे ।

तर अपरेसनपछि तीन किलोको स्वास्थ्य छोरीको जन्म भएको र उनी पूर्णरुपमा संक्रमणमुक्त रहेको अस्पतालका उपाध्यक्ष ना हुईले बताएका छन् । अस्पतालले गर्भवती महिलाको नाम र उमेर भने सार्वजनिक गरेको छैन ।