२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियन अध्यक्षमा कोइराला



अ+ अ-

रसुवा । नेपाल प्रेस युनियन रसुवा जिल्ला कार्यसमितिको आइतबार लहरेपौवामा सम्पन्न तेश्रो अधिवेशनले नयाँ जिल्ला कार्यसमिति गठन गरेकोे छ । नेपाल टेलिभिजन रसुवा संवाददाता सुशील कोइरालाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतले निर्विरोध चयन भएको हो । कार्यसमितिका उपाध्यक्षमा शशिकुमार डङ्गोल, महिला उपाध्यक्षमा झरना नेपाली, सचिवमा आशिष तामाङ, सहसचिवमा सङ्गीता तामाङ र कोषाध्यक्षमा सुवास घिमिरे रहेका छन्।

सदस्यमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र सन्दीप पौडेल रहेका छन् । आगामी चैत् २१ र २२ गते नेपालगञ्जमा हुने नवौँ केन्द्रीय महाअधिवेशनका लागि पाँच केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिका लागि ६ जना सर्वसम्मत चयन भएका छन् । कृष्ण थापाको अध्यक्षतामा सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै सांसद मोहन आचार्यले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू निरन्तर अग्रमोर्चामा रहेको उल्लेख गर्दै पत्रकारले सत्यतथ्य समाचार निरन्तर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

नव निर्वाचित पदाधिकारीलाई पे्रस युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय प्रतिनिधि प्रदीप चापागाईँले टीका र खादा लगाई स्वागत गर्दै संस्थागत हकहितको संरक्षण र पत्रकारको भूमिका निर्वाह गर्न सबै क्षेत्रको सहयोग निरन्तर मिल्नेमा आशावादी भएको बताए ।