१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन फुटबल
च्यासल युथ क्लबद्वारा मनाङ पराजित



अ+ अ-

काठमाडाैंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार भएको ए डिभिजन लिग फुटबल खेलमा च्यासल युथ क्लबले मनाङ विरुद्ध २–० को जित निकालेको छ । यो हारसँगै मनाङको अपराजित यात्रामा धक्का लागेको छ । यससँगै मनाङकाे उपाधि चुम्ने यात्रा समेत कमजोर बनेको छ । जापानी खेलाडी ताइगा नाकामुरा र कप्तान सन्तोष साहुखलले एकएक गोल गरेपछि च्यासलको जित सुनिश्चित भएको हो । खेलको २४ औं मिनेटमा नाकामुराले फ्रिकिक मार्फत आकर्षक गोल गरेपछि च्यासलले अग्रता लिएको थियो ।

खेलको पहिलो हाफमा १–० को अग्रता लिएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्न सफल भयो । कप्तान सहुखलले टोलीका लागि दोस्रो गोल गर्दै २–०को जित निकालेका हुन् । यससँगै लिगको दशौं चरणमा पहिलो हार व्यहोरेको मनाङ १० खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ भने च्यासल १२ अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।

यस्तै साेमबार नै भएको पहिलो खेलमा जाउलाखेल युथ क्लब विजयी भएकाे छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबमाथि १–० को जित निकालेको हो । जावलाखेलका लागि सुजित बुढाथोकीले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खेलमा ब्रिगेड ब्वाइजले पोजिसन राम्रो लिएपनि गोल पोस्टमा आक्रमण गर्न नसक्दा हार ब्यहोर्नुप¥यो ।

यससँगै १० खेलमा जावलाखेल ४ खेल जित र ३ खेल बराबरी खेल्दै १५ अंक सहित छैठौं स्थानमा उक्लिएको छ भने ब्रिगेड ब्वाइज ८ अंकका साथ ११ औं स्थानमा रहेको छ ।