२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा शुरु



अ+ अ-

काठमाडाैंः निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले आजदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार जहाज सेवा सञ्चालन गरिने उनकाे भनाइ छ । आगामी दिनमा यात्रुको माग बढेको खण्डमा ठूलो जहाजबाट दैनिक सेवा शुरु गर्ने योजना रहेको गौतमले जनाए । यसअघि बुद्धले पोखरा–काठमाडौँ, पोखरा–भैरहवा र पोखरा–भरतपुर सिधा हवाई सेवा प्रदान गर्दै आएको छ । सिधा हवाइ सेवा सञ्चालबाट गण्डकी प्रदेश र प्रदेश नं १ का जनताले लाभ लिनेछन् ।

दुवै प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आवागमन बढ्ने र पर्यटकलाई सहज हुने विश्वास गरिएको छ । पोखरा विराटनगरको हवाई यात्रा एक घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीयलाई रु छ हजार २०० र विदेशीलाई १३० डलर रहेको बताइन्छ । विराटनगरबाट उडान भरेका पाइलट शैलेस रावत र जहाजमा सवार यात्रुलाई गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।