काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न डिल्ली बजार कारागार पुगेका छन् । जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरालाई भेट्ने उनी पहिलो उच्च तहको राजनीतिज्ञ भएको कारागार स्रोतले बतायो ।सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराई र महराबिच करिब एक घन्टा कुराकानी भएको कारागारका एक कर्मचारीले बताए ।
महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । आदेशविरुद्ध उनी उच्च अदालत पनि पुगे । उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो । तर, महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदातलते भनेको थियो ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि करणीको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । महिलाको किटानी जाहेरीभएपछि उनलाई १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरिएको थियो ।