२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा भेट्न डिल्लीबजार कारागार नै पुगे डा. भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न डिल्ली बजार कारागार पुगेका छन् । जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरालाई भेट्ने उनी पहिलो उच्च तहको राजनीतिज्ञ भएको कारागार स्रोतले बतायो ।सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराई र महराबिच करिब एक घन्टा कुराकानी भएको कारागारका एक कर्मचारीले बताए ।

महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । आदेशविरुद्ध उनी उच्च अदालत पनि पुगे । उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो । तर, महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदातलते भनेको थियो ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि करणीको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । महिलाको किटानी जाहेरीभएपछि उनलाई १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरिएको थियो ।